समाजसेवक र कलाकार मित्रसेन

– इन्द्रबहादुर राई 

(इन्द्रबहादुर राईज्यू 1978 मा अखिल भारतीय नेपाली भाषा समितिका अध्यक्षको हैसियतले पश्चिमाचलको दौडाहा गर्दै भाग्सू आउनुभएको थियो। तोतारानी गाउंमा स्व मित्रसेनको घरमा पुगी यहां राखिएका पाण्डुलिपिहरू सबै हेरी उहाले दी प्रकाशित गर्ने सल्लाह दिनुभएको थियो। साहित्य अकादेमी दिल्ली. का उहां कार्यकारी सदस्य हुदा उहाले अकादेमीबाट श्री मगन पथिकलिखित ‘मित्रसेन’ पुस्तको प्रकाशनको व्यवस्था गरिदिनुभयो थियो। साहित्यलेखनको निम्ति राईज्यूले सन् 1977 मा साहित्य अकादेमी पुरस्कार उहाँको कृति नेपाली उपन्यासका आधार सं. 2052 मा जगदम्बाश्री पुरस्कार प्रदान गरिएको छ। सम्पादक) –

1935-45 को दार्जिलिङमा देख्थे बाजा दोकान मा नेपाली गीतको रेकर्ड किन्न आउनेलाई दोकानेले पूरै रेकर्ड फोनेग्राफमा बजाएर सुनाइदिन्थे। गीत बज्दाबज्दै दोकान अधि सानोतिन भीडन जम्मा हुन्थ्यो। गललल, गललल हांस्थे पनि तिनीहरू मित्रसेनको रेकर्ड सुन्दा !

मित्रसेन औधी लोकप्रिय भारतभरि जहाजहा नेपालीहरूले बसोबास गर्थे। भाग्सूदेखि इम्फालतक दार्जिलिङदेखि मुम्बई सम्म त्यस बेला उनलाई हामी चिन्थ्यो रेकर्ड गरिएका नेपाली नाटकहरूका नाटयारको रूपमा। पछि थाहा पायौं उनी मित्रसेन ता नेपाली वा गोरखाली जातिका एक महान् सेवक रहेछन् एक योग्य सपूत रहेछन्, र भारतीय नेपाली जातिका एक निर्माता रहेछन् ।

प्रथम महायुद्धपछिको बेला भारतमा गोरखाली वा नेपाली जातीय चेतना जुर्मुरिएर उठेको र बढेको बेला थियो। जागृतिको भारतीय नेपाली मानचित्रमा देहरादूनलाई बढाएर राखिदिए ठाकुर चन्दनसिंहले, दार्जिलिंङलाई बढाएर राखिदिए हरिप्रसाद प्रधान आदिले, आसामलाई राखिदिए मणिसिंह गुरूङले, बनारसलाई राखिदिए सूर्यविक्रम ज्ञवाली आदि ले। जागरणको त्यस मानचित्रमा भाग्सूलाई बसाइदिए मित्रसेनले पछि कालमा ता शूरवीरता जनसेवा र संगीतमा भाग्सूका समर्थ गोर्खा सन्तान 1 अझ अरु पनि आए ।

पुर्खाहरू नेपाल छंदा एक सोक-सोक भोक बाँचेका थिए। भारतमा आएर यहां रहंदा भने पछिका कतिले सप्रने बुद्धि लिए, कतिले बिग्रने मति समाते । भडखालोमा परेका, अरूलाई पनि तान्नलागेका हाम्रा मानिसहरूलाई बचाएर गोर्खाली समाज र जातिलाई बचाउनु पर्ने समयको आवश्यकता देखे मित्रसेनले गर्नुपर्ने यो काम देख्ने अरू पनि थिएन हुन् तर देखर तिनीहरूले हेरिरहे मात्र कामदाम मिल्काइराखेर समाज र जातिको सुधार र उन्नतिको लागि आफू र आफ्नो परिवारलाई देखदै विपदपूर्ण भविष्यतिर दृढतापूर्वक बढ़ाउने मित्रसेन सांच्चै साहसी व्यक्ति थिए, कर्तव्यकर्मका महान् साहसी ।

गोरखाली भन्नेहरूको बुद्धि कैले आउंदैन, यिनीहरूलाई ठीक बाटोमा हिँडाउने कोशिश गर्नु व्यर्थ छ भन्ने हरू अघि पनि थिए ऐले पनि छन्। समाज र जातिको लागि केही नगरी आफ्नै निम्ति मात्र बांचेर तिनीहरू मरे। मित्रसेन आफनो निम्ति बांचेनन, समाज र जातिको निम्ति बांचे आज हामी जे जति बनेका होला त्यसमा निश्चयतः मित्रसेनको योगदान छ त्यागदान छ।

मित्रसेनका कार्य र कृतिहरू हेर्दा देख्छौंः उनीभित्र समाजसेवक र कलाकार दृढ़ व्यक्तित्व छन् दुइमा तर उनी कुनै एउटा पहिलो र अर्को पछि छैनन्। समाजसेवक भएकोले डुल्दै कलाकार हनुपुगेका या कलाकार भएकोले डुल्दै समाजसेवक हुनपुगेका थिएनन्। दुई व्यक्तित्व उनमा हाराहारी सक्रिय थिए। समाजसेवा कि कलासाधना ? संशयको दोबाटोमा उनी कैले उभिएनन्। दुई लक्ष्यलाई मिलाएर संतुलित तुल्याएर बढ़े को कार्य र कृति छ उनको उज्यालो सफलता छ उनको ।

जनसाधारणलाई सचेत र जागृत बनाउनुपरेको हुँदा जनसाधारणले बुझने र मीठो मान्ने नेपाली लयका भज्याउरेमा उनले आफ्ना गीतहरू रचे, गाए। अझ पछि धार्मिक भजनहरू रचे, सत्संग मार्फत गाएर फैलाए। गीतबाट जनसाधारणका कति नकारात्मक आलोचना मात्र नगरी भजनबाट सकारात्मक मार्गप्रदर्शन पनि गर्नु उनले अनिवार्य सम्झे।

जनसेवक मित्रसेन इतिहास बने भारतीय नेपाली जातिको इतिहासको एक उज्ज्वल अध्याय।

कलाकार मित्रसेन संधै जीवित छन् हामीलाई उनका गीत, भजन, नाटक, लेख र दैनिकीमा।

महान् अवतारहरू हुन्छन। महान् कार्यको निम्ति पृथिवीमा अवतीर्ण भएका हामी साधारण जन पनि साना-साना अवतारहरूनै हाँ, परमात्माबाट यहां आएका कुनै सुकार्यको निम्ति । जन्मेको सार्थक हुने त्यो कार्य कुन हो, प्रत्येक हामीले आफ्नो निम्ति आफैले खोजेर चिन्न सक्नु पर्छ। अनेकाँ हामी हाम्रो जीवनको कार्य नचिनी, न नगरी त्यसै बित्छौं। रामायणमा हनुमानले घरि आफ्नो अवतारकार्य चिनेका थिएनन् । सीताको खोजमा विशाल विकराल समुद्रसमेत नाघेर जानुपर्दा आम्बवान्‌ले हनुमानलाई बताइदिन्छन् रामको काम निमित्त मात्र हनुमन् । यो जन्म लीन्दा भयौ।। (भानुभक्त) धनय हुन् हनुमान जसले आफ्नो जीवनको कार्य चिन्नपाए अनि गर्न सके । धन्य हुन् हाम्रा मित्रसेन जसले आफ्नो नेपाली जीवनको कार्य चिने अनि गरेर गए ।

Leave a reply

©HPGA 2024
All Rights Reserved

Website designed and developed by PulsePlay Digital
with from Dharamshala, Himachal Pradesh, India