event-1

अमर शहीद कप्तान दलबहादर थापा

– सु०मे० आ०क० ईश्वर सिंह थापा

गाँऊ मुखिया सुधेड़

4 मार्च, सन् 1907 को दिन शहीद दल बहादुर थापा को जन्म धर्मशाला भाग्सूमा बाइकोठ सुधे पंचायत मा भयो। उनको बुबा सन्तवीर थापा अनि आमा-बुबा का एममात्र संतान थिए । त्यो समयमा आपनी बालक-बालिकाहरूलाई अलिक ठूलो उमेर भएर मात्र स्कूल मा भर्ना गरिन्थ्यो। सातौ कक्षा सम्म तालिम हासिल गरे पश्चात् दल बहादुर थापा पनि 4 मार्च 1924 को दिन सकेन्ड फर्स्ट गोर्खा राइफल- धर्मशाला क्यान्टमा भर्ना भए। त्यो समयमा भर्ना हुने सात क्लास पढेका नगन्य नै हुन्थ्यो। उनको गणना शिक्षित फोजी जवानहरूमा गनिन्थ्यो। उनको फौजी सेवा रेकर्ड असल दर्जाको हुनाले पदोन्नति छिटै हासिल गरे। निशानाबाजीमा पनि अति नै रूचि लिने र खेलकूदमा पनि असल दर्जा देखाऊंथे। उहाले मशीनगन ट्रेनिंग कोर्समा पनि डिस्टिकशन प्रमाण-पत्र हासिल गरेका थिए

अंग्रेज अधिकारी हरूबाट भएका निराशाजनक बर्ताव र वातावरण लाई नराम्रो मान्दै दलबहादुर थापाले विचलित न भएर आन्तरिक भावले गाँठो पार्थे। सोच्थे यस्ता मनका कटु आलोचनाको धारामा कहिले सम्मन जिउने पर्ने ? यस कुरामा आफ्नो सहयोगीहरू संग कति पल्ट आपसमा विचार विमर्श पनि गर्थे ।

सन् 1931 मा सरदार भक्तसिंह, सुखदेव अनि राजगुरुलाई अंग्रेजहरूले दमनकारी चक्र नीति लाई अप्नाएर उहांहरूलाई फांसी मा झुडाए । यस विषयलाई लिई कतिपल्ट विचार विमर्श पनि गरेका थिए कि उनी युवाहरूले हिम्मत, त्याग, तपस्या अनि आजादीको बलिवेदीमा उत्सर्गको भावना देखाई देशलाई स्वतन्त्रताको डोरीमा डोहो याए। यसको असर उनी देशभक्त युवा-युवती हरूमा पर्नु स्वाभाविक थियो र समय आएका यस्तै पराक्रमबाट हामीपनि निश्चय नै निस्कनु पर्छ भन्ने ठानेका थिए ।

आफ्नो योग्यताको आधारमा दलबहादुर थापाले सन् 1929 जमादार (यस समयको नायब सुबेदार) पदोन्नति भयो। सन् 1941 मा एक दिन अंग्रेज आफिसर कैप्टन पुलिनले दलबहादुर थापालाई नि मिठो मनमा लाग्ने कुरा गर्दा आफ्नो भित्र सहने शक्ति न हुंदा उहाँले आफ्नो पिस्तौल झिकेर अंग्रेज आफिसरलाई ताक्नु भयो तर त्यसै बेलामा कर्नल फुल्टनले बीचमा आएर बचाउ गरे किन भने कैप्टन पुलिन आफ्नो गलतीमा थियो र कैप्टनले माफी मांगे। यो मामिला लाई गुपचुप रूपमा राख्न पर्यो। 15 फर्वरी सन् 1942 मा जापानी फौजीहरूले सिंगापुर हत्याएपछि साही वर्षमा आजाद हिन्द फौजको स्थापना भयो। दलबहादुर थापा पनि आफ्नो साथीहरूसंग आजाद हिन्द फौजमा वालन्टियर भएर भर्ना भए । उहाँहरूले आफ्नो लक्ष्यमा छिटै कैप्टन कमिशन रैंक पनि पाए नेताजीको आदेशानुसार उहांलाई अकारान्त बस सिमाना, मणिपुर-कोहिमा फ्रन्टमा जान पर्यो। समय अनुसार बहादुरी देखाउने अवसर प्राप्त भयो अनि भयंकर युद्ध चलेको बेलामा जापानी हरूले दिएको बचन अनुसार काफी समय सम्म त राम्रै बन्दोबस्त र सहयोग चलयो तर बीचमा हात हतियारको गोला-बारूद अनि राशन-पानीको – बन्दोबस्त मा कमी आउन थाल्यो । उहाँहरूको दुर्भाग्य अनि समयको प्रभावले गर्दा 28 जून सन् 1944 को दिन शत्रुपक्षद्वारा पक्राउमा परे । उहाँहरूलाई दिल्लको जेलमा कैदी भएर थुनुवामा बस्न पर्यो । सैनिक ऐनको धारा 1 तथा भारतीय दण्ड विधानको धारा 121 को तहत मुकद्दमा चलाए र सोधपूछ को सिलसिला शुरू भयो ।

प्रश्न- कुन चाँहि मजबुरीको कारणले तिमीहरू आज आजाद हिन्द फौजमा शामेल भयो । उत्तर – हिन्दुस्तानको आजादीको लागि स्वेच्छाले आजाद हिन्द फौजमा शामेल भएको हुँ।

प्रश्न- गोर्खाहरूको देश त नेपाल हो, त्यो त पहिले देखि ने आजाद छः । तिमीहरूलाई हिन्दुस्तानको

आजादीको लागी केह को सरोकार छ ? जुन देशको माटोले हामीलाई फूलायो र हामी ठूला-ठूला भयौं उसको स्वाधीनताको लागि आफ्नो धर्म सम्झन्छौ । अनि हिन्दुस्तानलाई नै आफ्नो देश मान्द छौं । उत्तर 1

प्रश्न- अंग्रेज सरकारले तिमीहरूलाई पेट भरण-पोषणको साधन जुटाई दियो। तिमीहरूले हामी प्रति ईमानदारी देखाउँला भनेको त विद्रोही जस्तो चाल चल्दै छौ।

उत्तर- हो हामी विद्रोही हो नेताजीले हामीलाई आजादीको मार्ग देखाएका छन। त्यो मार्ग सही अन ठीक पनि छ। कुर्बानीमा हाथ फाल्न पनि हामी आफ्नो कर्तव्य ठान्द छौं। परिस्थितिवश हामी तिम्रो साथमा थियो तर आज हाम्रा आँखा खुलेको छ र आफ्ना देश प्रति इमानदार भएको छौं । प्रश्न – शक्तिशाली ब्रिटिश साम्राज्यसित हक्कर लिनु कोई सानो कुरा होइन्। तिमीहरूको भलाई यसैमा छ कि तिमीहरू माफ मांग-आफ्ना परिवार लाई जोगाउ उत्तर- आजादीका लागि कृत संकल्पित छौ कुनै पनि शक्तिको सामुन्ने म झुक्न सक्दिना म आफ्नो परिवारको मोहमा परेर माफी मांगनु म पाप सम्झन्छु ।

15 दिन सम्म प्रलोभन दिएर सम्झाउने प्रयास अनि कति हो कति मानसिक अनि शारीरिक यातनाहरू दिनको पश्चात् पनि दलबहादुर थापाले माफी नामामा पटकै सही गरेनन्। यस कारण अंग्रेजहरूले अप्रैल सन् 1945 मा धर्मशाला (भाग्सू) हिमाचल प्रदेश देखि उनकी धर्मपत्नी श्रीमती चम्पावती अनि परिवारका सम्बन्धितहरूलाई दिल्लीमा बोलाई पठाए । त्यस बेला उनका छोरा श्री आनन्द थापा आठ वर्ष को अनि छोरी अरुणा थापा केवल चार वर्षकी थिए। धर्मपत्नी को आँखामा आसूँ आएको देखेर दल बहादुर थापाले आफ्नी धर्मपत्नी लाई सम्झाउँदै भने म त एक सैनिक हु, सैनिक को जीवन ता एकदमै अनिश्चित हुन्छ । युद्ध भूमिमा युद्ध गर्दा गर्दै मर्नु त सौभाग्यको विषयनै हो तर देशको आजादीको लागी मर्नु त अत्यन्तै श्रेयस्कर नै हुन्छ। यदि म माफी मांगी आफ्नो जीवनलाई बचाउँला तर समाजले के भन्ला ? एक प्रकारको ग्लानि नै हुन भयो । साथै हाम्रो जातिको बहादुरीका लागि पनि शंकाको नजर सधैका लागि कालो मोसो पोते दाग त रहने भयो। यो जीवन त दस-बीस वर्ष पछि मृत्यु त निश्चित नै छ । अतः कायरको पत्नी भएर बस्न एक देशभक्त वीरको अर्धांगनी भएर बस्नु राम्रो होला । आफ्नो दिललाई मजबूत बनाउऊ अनि नानीहरूको पालन पोषण कर्त्तव्यलाई राम्रो संग निभाउनु भनेर सल्ला दिनु भयो ।

दलबहादुर थापालाई 3 भई सन् 1945 को दिन दिल्लको तिहाड़ जेलमा फांसीको फंदामा झुण्डयाई दिनु भयो । यस प्रकार एक भारतीय सुपूतको स्वतन्त्रता प्राप्ति को निम्ति बलिवेदीमा आफ्नो अनमोल प्राण न्यौछावर गरि शहीद दलबहादुर थापाले आफ्नो भौतिक शरीर त्यागनु भयो तर मात्र यति कम समय संसारमा रहेर पनि उहांले अमरत्व प्राप्त गर्नु भयो । भारत को सबै समाजले बिर्सिने छैन ।

Leave a reply

©HPGA 2024
All Rights Reserved

Website designed and developed by PulsePlay Digital
with from Dharamshala, Himachal Pradesh, India